पाल्पामा ६ वर्षसम्म बनेन स्वास्थ्य चौकी
बुधबार, ३० भदौ २०७८, १३ : २९
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५ स्थित मुझुङ स्वास्थ्य चौकी भवन ६ वर्षसम्म सम्पन्न हुन सकेको छैन । रु ५१ लाख लगानीमा विसं २०७२ मा निर्माण सुरुआत गरिएको सो भवन निर्माणको जिम्मा डीवी कन्स्ट्रक्सनले लिएको थियो । क्रमागत बजेटमा काम थालेको र पहिलो वर्ष काम भए पनि दोस्रो वर्षदेखि हालसम्म काम रोकिएको स्थानीय बासिन्दा पदम सोमैले जानकारी दिए ।
६ वर्षका अवधिमा स्वास्थ्य चौकी निर्माणाधीन क्षेत्रमा घाँसको झाडी मात्र छ । तत्कालीन शान्ति मन्त्रालयको बजेटमार्फत सञ्चालित आयोजना कुन मन्त्रालयले काम गर्ने भन्ने अझै टुङ्गो नहुँदा अधिकांश योजना अलपत्र अवस्थामा छन् । एक करोड ४० लाख बजेट विनियोजन गरी सो स्वास्थ्य संस्थाको पुनः निर्माण सम्पन्न गर्न बोलपत्र आह्वान प्रक्रिया भइसकेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण