नवलपरासीमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु
शुक्रबार, ०१ असोज २०७८, १४ : ४१
नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार राती नवलपरासी (पश्चिम) को सुनवल नगरपालिक–७ ज्यामिरेस्थित सडक लु ३७ प ६९५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बिष्णु चौधरीको मृत्यु भएको हो ।
सुनवल नगरपालिका–४ रमवापुर बस्ने २७ वर्षीय चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) का प्रहरी निरीक्षक राम पाण्डेले जानकारी दिए । गम्भीर घाइते चौधरीको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण