नवलपरासीमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु
शुक्रबार, ०१ असोज २०७८, १४ : ४१

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार राती नवलपरासी (पश्चिम) को सुनवल नगरपालिक–७ ज्यामिरेस्थित सडक लु ३७ प ६९५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बिष्णु चौधरीको मृत्यु भएको हो ।
सुनवल नगरपालिका–४ रमवापुर बस्ने २७ वर्षीय चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) का प्रहरी निरीक्षक राम पाण्डेले जानकारी दिए । गम्भीर घाइते चौधरीको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?
-
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
मखन टोलको आगलागी अझै नियन्त्रणमा आएन, एक जनाको मृत्यु (तस्बिरहरू)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
कैलाश चौधरी सुदूरपश्चिममा फेरि मन्त्री बन्ने
-
भोगचलन गरेको पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र