झापाबाट कौडा खेल्ने १७ जना पक्राउ
बुधबार, ०६ असोज २०७८, १६ : २७
झापाको दमक नगरपालिका–१ बाट प्रहरीले कौडा खेलिरहेका १७ जनालाई पक्राउ गरेको छ । स्थानीय हिमाल देवानको घर कम्पाउन्डमा कौडा खेलिरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले कौडा खेल्नेहरूबाट ४ लाख २७ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा भद्रपुर घर भएका युवराज न्यौपाने, ठाकुरप्रसाद निरौला, दिलबहादुर राई, विर्तामोड घर भएका तिर्थ अधिकारी, गौरादह घर भएका हरि कोइराला र कमल गाउँपालिकाका सुविन्द्र सुब्बा लगायत छन् । कौडा खालबाट प्रहरीले १६ थान कौडा बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण