झापाबाट कौडा खेल्ने १७ जना पक्राउ
बुधबार, ०६ असोज २०७८, १६ : २७

झापाको दमक नगरपालिका–१ बाट प्रहरीले कौडा खेलिरहेका १७ जनालाई पक्राउ गरेको छ । स्थानीय हिमाल देवानको घर कम्पाउन्डमा कौडा खेलिरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले कौडा खेल्नेहरूबाट ४ लाख २७ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा भद्रपुर घर भएका युवराज न्यौपाने, ठाकुरप्रसाद निरौला, दिलबहादुर राई, विर्तामोड घर भएका तिर्थ अधिकारी, गौरादह घर भएका हरि कोइराला र कमल गाउँपालिकाका सुविन्द्र सुब्बा लगायत छन् । कौडा खालबाट प्रहरीले १६ थान कौडा बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वायुको प्रभाव कायमै, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
पाकिस्तानले सीमा रेखामा आक्रमण थालेपछि भारतीय सेना वायु, समुद्र र स्थलमा हाई अलर्ट
-
आज वैशाख शुक्ल एकादशी : मोहिनी एकादशीको व्रत गरिँदै
-
च्याम्पियन्स लिगको उपाधि भिडन्त इन्टर मिलान र पीएसजीबीच
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण