१२ वर्षीय बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ
बुधबार, ०६ असोज २०७८, १७ : २८
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय वृद्ध पक्राउ परेका छन् । प्रहरीले धनुषाधाम नगरपालिका–५ (पर्वता)का पल्टु मण्डललाई पक्राउ गरेको हो । मण्डलले बालिकालाई एक हजार रुपैयाँ दिन्छु भन्दै फकाएर घाँस काट्न गएको समयमा बलात्कार गरेको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । सोमबार राती पक्राउ परेका मण्डलमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनीमाथि जबर्जस्ती करणी अन्तर्गत मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय धनुषाधामका इन्चार्ज सुरेश ठाकुरले जानकारी दिए । पीडित बालिकालाई प्रादेशिक अस्पताल ल्याइए पनि स्वास्थ्य परिक्षण हुन नसकेको उनको परिवारले जानकारी दिएको छ । । धनुषाधाम ५ का वडाअध्यक्ष इन्दल महतोले घटनासँग जोडिएकाहरुमाथि कानूनी कारवाही हुनुपर्ने माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण