दुबईमा सुन लिन हिँडेका पुरुष विमानस्थलबाट डलरसहित पक्राउ
दुबई घुम्ने र फर्किँदा सुन लिएर आउने भनेर हिँडेका एक पुरुषलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । गोरखाको गोरखा नगरपालिका–२ घर भएका ४२ वर्षीय सीताराम विकलाई १३ हजार अमेरिकी डलरसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।
नेपाली रुपैयाँ करिब १५ लाख ३५ हजार बराबरको अमेरिकी डलर बोकेर पर्यटक भिसामा उनी एक साताका लागि दुबई हिँडेका थिए । एक सातापछि फर्किँदा सुनका बाला लिएर आउने गरी सीताराम दुबई जान लागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । विदेश जाँदा ५ हजारभन्दा बढी डलर लैजान पाइँदैन । तर, सुन तस्करी गर्नेहरुले नेपालबाट भरियालाई लैजाने र सुन बोकाएर पठाउने गर्छन् ।
सुनको काम गर्नेहरुले सीताराम जस्ता व्यक्तिहरुको समूह बनाएर तस्करी चलाउने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीलाई बताए । दुबईमा एक साता घुम्ने र आउने जाने खर्च सुनको काम गर्नेहरुले गरिदिने हुँदा सीतारामजस्ता व्यक्तिहरु लोभिने गरेका छन् ।
खाडी मुलुक घुमेर फर्किने लोभमा जानेहरू धेरैलाई कुन देश जाने र कहिले फर्किने भन्ने पनि थाहा नहुने गरेको पाइएको छ । विमानस्थलमा कार्यरत एकजना प्रहरी अधिकृतले रातोपाटीसँग भने– ‘समूहको नाइकेले जे भन्यो त्यहि गर्नेहरु धेरै भेटिएका छन्, उनीहरु अधिकांश सुनका बाला बोक्ने भरियाका रुपमा प्रयोग हुने गरेको पाइन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण