सटर फुटाएर मोवाइल चोरेको आरोपमा २ जना पक्राउ
बिहीबार, ०७ असोज २०७८, १३ : ३५
सटर फुटाएर मोवाइल चोरेको आरोपमा प्रहरीले बर्दियाबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर घर भएका ३० वर्षीय इस्लाम दिन र बाँकेको डुडुवा गाउँपालिका घर भएका ४० वर्षीय मुसा कुरेसी छन् ।
असोज ६ मा राति २ बजे उनीहरुले बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारमा रहेको क्रितिसा इलेक्ट्रिकल पसलको सटर फुटाएर मोवाइल चोरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
मोवाइल चोरेर भाग्दै गरेको अवस्थामा इस्लाम दिनलाई प्रहरीले घटनास्थलबाट पक्रेको थियो । चोरीमा संलग्न मुसा कुरेसीलाई बढैयाताल गाउँपालिकाको भोलागौडी बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । अरोपीहरुको साथबाट प्रहरीले चारवटा मोवाइल बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण