मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पोर्नोग्राफी केस : गहना वशिष्ठले आफूलाई निर्दोष बताउँदै भनिन्, ‘मलाई फसाइयो, सबैको भण्डाफोर गरिदिन्छु’

बिहीबार, ०७ असोज २०७८, १४ : ४७
बिहीबार, ०७ असोज २०७८

पोर्नोग्राफी केसमा राज कुन्द्रा जब पक्राउ परेका थिए तब नायिका गहना वशिष्ठ पनि प्रश्नको घेरमा आएकी थिइन् । गहना वशिष्ठले राज कुन्द्रासँग काम गरिसकेकी छिन् । थुप्रै संघर्षरत नायिकाले आफूहरुलाई गहनाले अश्लील फिल्ममा अभिनय गर्न बाध्य पारेको आरोप लगाएका छन् । अश्लील फिल्ममार्फत् उनीहरुको ब्ल्याकमेल पनि गरिएको आरोप लगाइयो । एडल्ट फिल्मकी एक नायिकाले गहनाविरुद्ध ऊजुरी दर्ता गरेपछि उनी आफ्नो बयान दर्ता गर्न प्रहरी चौकी पुगेकी थिइन् । उनले आफ्नो बयानमा यसो भनेकी छिन् ।

बयानमा गहनाले आफूलाई पहिलो दिनदेखि नै फसाइएको बताइन् । पोर्न केसमा उनको संलग्नता अहिलेसम्म पुष्टि हुन सकेको छैन । उनी भन्छिन्, ‘हामी बोल्ड इरोटिक कन्टेन्ट बनाउँथ्यौं जुन पोर्न फिल्मको श्रेणीमा पर्दैन । डिजिटल प्लेटफर्मका लागि अहिले कुनै सेन्सरसीप छैन । यदि कुनै कुरा बन्द कोठाभित्र गरिएको छ भने यसको कुनै अनुमति आवश्यक छैन । मविरुद्ध आरोप लगाउनका लागि केटीहरुलाई ब्ल्याकमेल गरिन्थ्यो । म ती सबैको भण्डाफोर गर्नेछु ।’

‘म अन्तिमसम्म लडाईं लड्नेछु । सर्वोच्च अदालतले मलाई राहत दिएको छ र म आफ्नो बयान दर्ता गर्न यहाँ आएकी छु । हाल म राज कुन्द्रामाथि प्रतिक्रिया दिन चाहन्नँ । तर यति भन्न चाहन्छु कि हामीले यस्तो केही पनि गर्दैनथ्यौं जसलाई पोर्न भन्न सकिन्छ । म ५ महिनासम्म जेलमा बसेँ । मलाई पूर्ण रुपमा फसाइएको छ ।’

स्मरण रहोस्, पोर्न केसमा २ महिना जेलमा बिताएपछि राजले जमानत पाएका छन् । राज कुन्द्रालाई गहनाले सहयोग गरेकी थिइन् । गहनाले राज कुन्द्राले पोर्न बनाउने नगरेको स्पष्ट पारिन् । उनका अनुसार उनले इरोटिक फिल्म बनाउँथे । गहनाले यो केसको सिलसिलामा थुप्रै पटक जेलको चक्कर लगाउनु परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप