बदलाको भावनाले ममाथि भ्रष्टाचारको मुद्दा लगाइयो : अध्यक्ष नेपाल
सारांश
- नेकपा एसका अध्यक्ष माधव नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको बताए।
- उनले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरिएको र केही व्यक्तिहरू बदलाको भावनाले पोलिरहेको आरोप लगाए।
- अध्यक्ष नेपालले आफूले घुस नलिएको र देशलाई घात हुने कुनै काम नगरेको दाबी गर्दै न्यायपालिकाले न्याय दिने विश्वास व्यक्त गरे।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको बताएका छन् । शनिबार काठमाडौँमा पार्टी निकट मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता भएको भन्दै आफूले कुनै अनुचित काम नगरेको बताएका हुन् ।
नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको र त्यसलाई देखेर कतिपय व्यक्तिहरू आत्तिएको उनको भनाई थियो । अध्यक्ष नेपालले केही व्यक्तिहरूलाई बदलाको भावनाले पोलिरहेको भन्दै त्यसको कारण आफूमाथि भ्रष्टाचारको मुद्दा लगाउन पहल भएको जिकिर गरे।
अध्यक्ष नेपालले आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको उल्लेख गरे । देश र जनतालाई नोक्सान हुने केही काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिने उनले बताए । पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि लगाएको गलत आरोप विरुद्ध दृढतासाथ उभिने भन्दै अध्यक्ष नेपालले न्यायपालिकाले आफूलाई न्याय दिने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण