शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

शनिबार, २४ जेठ २०८२, १५ : ०७
शनिबार, २४ जेठ २०८२

समाचार सारांश

  • सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
  • संक्रमितहरू भारतबाट आएका पुरुषहरू हुन् र उनीहरू कञ्चनपुर, अछाम र बझाङका हुन्।
  • स्वास्थ्य सेवा विभागले संक्रमणको महामारीलाई मध्यनजर गर्दै मातहतका कार्यालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

बैतडी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले थप चार जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको बताएका हुन् । सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष छन् । 

त्रिनगर नाकामा तीन जना र एक जनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरु कञ्चनपुर, अछाम र बझाङ र बझाङका रहेको जोशीले जानकारी दिए । उनले भने, ‘शङ्कास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँच जनामा कोभिड पुष्टि भएको छ, सङ्क्रमितहरुलाई ‘होम आइसोलेसन’ बस्न भनिएको छ ।’

यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा सङ्क्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप