मेरो स्कुल
मेरो सानो खरले छाएको घरको ठुलो आँगनको छेवैमा,
वास्तविक रङ बिर्सिएको पुरानो कमिजको बाहुला कुमसम्म सारेर,
फाटेको ढाकाटोपीले पसिना पुछ्दै हजुरबाले सारेको पारिजातले
३५ पटक पातहरू फेरेपछि,
आजमैले स्कुल भेटेको छु जहाँ कुदिएका छन् जीवन जिउने खैराकलाहरू,
जहाँ सिकाइन्छन् पिडाबिच पनि हाँस्न सक्ने रङ्गिन साहसहरू,
समाजले दिएको अनुशासनको दायराको परिधिभित्र उभिएर
न म स्कुल मेरो हो भन्न सक्छु , न म नै यस स्कुलको हु भन्न सक्छु,
तर हरेक पल पाइरहेको छु ,अथाह ज्ञान र गुलाबी मार्ग दर्शन हरू ,
चाहन्छु ,खुलेर स्कुल मेरै हो भनूँ या स्कुलले भनोस् म तिम्रै हुँ ,
विडम्बना त्यति धेरै आट न मसँग छ न स्कुलसँग,
किनकि मैले भिरेर हिँडेका चारित्रिक प्रमाणपत्र
अनि भित्तामा झुन्डिएर मुस्कुराइरहेका नतिजा पत्रहरूमा
अर्कै स्कुलका नामहरू अङ्कित छन् र हस्ताक्षर हरू छन् परिचित प्राध्यापकहरूका
पाखो बारीको कुनामा बुबाले सारेको सालको रुखको पातहरू उनेर,
आमाले ३५ पटक कुल देवतालाई प्रसाद टक्राएपछि
आज मैले संघर्षको रातो इँटा र पसिनाको सफेद माटोबाट तयार भएको
एउटा स्कुल भेटेको छु, जहाँका प्रत्येक इँटहरूमा छापिएका छन्
पहेँला मेहनतका गाथा र सग्ला विरहका प्रतिबिम्बहरू,
तिमी र म कसैसँग पनि यस्तो आट छैन कि
हामीले एक अर्कालाई आफ्नो दाबी गरौँ ,
किनकि मेरो घरको जगमा प्रयोग भयका हरेक इँटाहरूमा
अर्कै स्कुलको प्रतीक चिन्हहरू छन्, र छन् हरेक रङहरूका रेसा रेसामा
अर्कै स्कुलका सङ्केत चिन्हहरू,
स्कुलको आकर, प्रकार, तौल, आयतन, रङ रोगन र सुन्दरता भन्दा माथि उठेर
म डुबेको छु स्कुलको सेता साधारणताहरूमा मधुर कोकिला हरूमा,
गहिरा आत्म चिन्तनहरूमा, रङ्गिन ऊर्जाहरूमा
र विद्यार्थी हुन मन छ स्कुलमा पढाइने
आत्म चिन्तन, कृतज्ञता, सकारात्मक सोच, स्वास्थ्य, सम्बन्ध, सपना, ध्यान,
समय ,सहयोग, मनोरञ्जन आदि विषयहरूको !!
र स्कुलको जगमा माटोले पुरिएको एउटा इट्टामा
कसैले नदेख्ने गरी
सँगै साटेका वेदना, पिडा,आँसु,,खुसी, हाँसोहरू साक्षी राखेर ,
आफ्नै रगतले लेख्न मन छ - म तिम्रै हुँ, र तिमी मेरै हौ र हुनेछौ,
अनि पुरिदिन मन छ रातै माटोले ,अनि झुन्डाउन मन छ स्कुलको फोटो
मनको भित्तामा निक्षेप गरेर , ताकि ब्याज नै काफी होस जीवनभर ,
डराउन, रिसाउन, खुसी हुन, आनन्दित हुन, निराश हुन,
घृणा गर्न , प्रेम गर्न र यसरी कविता लेखिरहन !!
यसरी नै कविता लेखिरहन !!
धन्यवाद
हाल अस्ट्रेलिया
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण