पत्रकारमाथि हातपात प्रकरण : घटनाबारे के भन्छिन् उपाध्यक्ष शाही ?
केही समयअघि कालिकोटको शुभ कालिका गाउँपालिकाकी उपाध्यक्ष पम्फाकुमारी शाहीको नामको टिकटक एकाउन्टबाट एउटा भिडियो क्लिप सार्वजनिक भयो । जसमा कर्णालीका कृषि मन्त्री कुर्मराज शाही देखिएका थिए ।त्यो विषयले एकाएक सामाजिक सञ्जालमा छायो । केही समय अघि बलात्कारको आरोपमा विवादित बनेका शाही टिकटकमा बाहिरिएपछि पुन चर्चाको विषय बने ।
टिकटक भिडियोमा राखिएको गीत र भिडियोमा देखिएका शाहीको तस्बिरलाई अड्कलबाजी गरेर विभिन्न टिकाटिप्पणी हुन थाले । यद्यपि, उपाध्यक्ष शाहीले त्यो भिडियो आफ्नो एकाउन्टबाट आउट गरिसकेकी थिइन् । सामाजिक सञ्जालमा फैलिएको हल्लाको बारेमा यथार्थ कुरा बुझ्न र बुझाउनका लागि केही पत्रकार र उपाध्यक्ष शाही प्रहरीकहाँ पुगेका थिए । त्यहाँ उपाध्यक्ष र पत्रकारहरूबीच टिकटकमा आएको विषयमा छलफल भैरहेका बेला हातपात भएको थियो ।
कालिकोटस्थित रेडियो नयाँ कर्णाली एफ.एममा कार्यरत (रेडियो प्राविधिक) ललित विष्टसँग टिकटकको समाचार शेयर गरेको भन्दै विवाद भएको थियो । विष्टले आफूमाथि उपाध्यक्षले मुक्का प्रयोग गरेको बताएका छन् । प्रहरी कार्यालयभित्रै छलफलका क्रममा उपाध्यक्षले हातपात गरेको आरोप विष्टले लगाएका छन् । पत्रकार महासंघ कालिकोट शाखाले पनि सो विषयमा ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति निकालेको छ ।
यस्तो छ प्रेस विज्ञप्ती

घटनाबारे यस्तो छ उपाध्यक्ष शाहीको प्रतिक्रिया
उपाध्यक्ष शाहीले पत्रकारलाई हातपात गरेको कुरालाई सामान्य भनेकी छिन् । उनले भनिन्, ‘सामान्य बच्चाले खेलाएको कुरालाई लिएर पत्रकारहरुले भाइरल गराएका छन् । सामान्य कुरालाई लिएर भाइरल गर्ने गरेकाले किन गर्नुभयो, केही रहस्य थाहा पाएर होकि किन हो भनेर मैले न्याय खोज्न जिल्ला प्रहरी कार्यालय पुगेकी थिए । दुई पक्षबीच कुरा हुँदा धकेलाधकेल मात्र भएको हो । मैले पिट्ने कुरा नै भएन ।’
‘पत्रकारलाई मार्ने तरिकाले म गएको होइन । हामीले बच्चाले हालेको भिडियो डिलिट गरिसकेका थियौँ । तर, अतिरञ्जित बनाउन खोजियो,’ उनले भनिन्,‘ अहिले मन्त्रीज्यूले पनि मलाई किन हालेको भनेर भनिरहनुभएको छ । मलाई प्रेसर भइरहेको छ । एउटा सामान्य कुरालाई लिएर सञ्चारमाध्यममा किन यसरी भाइरल बनाइयो ?’
उपाध्यक्ष शाहीले कृषि मन्त्री शाही आफ्नो ससुरा रहेको पनि स्पष्ट पारेकी छन् । ‘हामी ससुरा–बुहारी हो । अहिलेको राजनीतिक घटनाक्रमलाई लिएर अतिरञ्जित बनाउन खोजिएको हो,’ उनले भनिन्, ‘यो सामान्य हो ।’
उपाध्यक्ष शाहीले कर्णालीका केही पत्रकारहरुले आफ्नो नैतिक चरित्रको हत्या गर्न खोजेको भन्दै कानुनी कारबाही गर्न माग गरेकी छन् ।
यस्तो छ शाहीले कारबाही माग गरेको पत्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
-
सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प
-
सुदूरपश्चिममा बजेट विवाद कायमै, सहमतिविना धनगढी फर्किए मुख्यमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण