कालिकोटमा काँग्रेस महाधिवेशन : सर्वसम्मत नेतृत्व चयन, पाँच पालिकामा को–को बने सभापति ?

नेपाली काँग्रेस कालिकोटले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास गरेको छ । जसअनुसार पाँच वटा स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन भइसकेको छ भने बाँकी रहेका पालिकामा आइतबार बेलुकासम्म टुङ्गो लगाउने गरी काँग्रेसका नेताहरू लागिपरेका छन् ।
काँग्रेस नेता दमनबहादुर शाहीले रातोपाटीलाई दिएको जानकारी अनुसार खाँडाचक्र नगरपालिकामा भानुभक्त आचार्य, नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला, पलाता गाउँपालिकामा धीरा बम (महिला), तिलागुफा नगरपालिकामा धीरेन्द्र थापालाई सभापतिमा सर्वसम्मत चयन गरिएको छ। यस्तै महावै गाउँपालिकामा पुरारी अधिकारीलाई सभापतिमा सर्वसम्मत चयन गरिएको छ। लैङ्गिक आधारमा हेर्दा पाँच पालिका मध्ये पलाता गाउँपालिकामा मात्रै महिलालाई सभापति बनाइएको छ।
रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका र सान्नीत्रिवेणीमा बेलुकासम्म सभापति चयन गरिसक्ने गरी गृहकार्य भइरहेको छ । त्यसका लागि शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू छलफलमा जुटिरहेका छन् । नेता शाहीले, ‘सभापति बनेकाहरू अहिले गुट–उपगुट भनेर केही भनिएको छैन। अहिले न्युटन खालका देखिएका छन् । पछि जिल्ला अधिवेशनमा गएपछि थाह होला नि !’ साथै कालिकोटमा काँग्रेसले जिल्ला र प्रदेशको अधिवेशन पनि सर्वसम्मत गर्ने तयारी थालेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने
-
अवैध घुसपैठ रोक्न भारतसँगको सबै सीमा नाकामा उच्च निगरानी
-
आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत
-
आईपीएल : प्रभसिमरनको शानदार ब्याटिङ, लखनउसामु २ सय ३७ रनको लक्ष्य
-
‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की