बागमतीका प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना
स्वास्थ्यमा समस्या देखिएपछि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको उपचार भइरहेको प्रदेश प्रमुखको कार्यालय हेटौंडाले जनाएको छ । असोज ४ गते स्वास्थ्यमा समस्या आएपछि प्रदेश प्रमुख शर्मा गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि भर्ना भएका थिए ।
मुटुमा समस्या भएकाले विगत ५ दिन गंगालालमा उपचार गराइरहेका उनको मस्तिष्कको नाशामा रगत जमेपछि थप उपचारका लागि शनिबार उपेन्द्र मेमोरियल न्यूरो अस्पतालमा रिफर गरिएको थियो । न्यूरोमा २४ घण्टा उपचारपछि प्रमुख शर्माको स्वास्थ्य अवस्था केही सुधार आएसँगै उपचारमा संलग्न डाक्टरको सल्लाह अनुसार आइतबार बिहान उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सारिएको स्वकीय उप–सचिव पारसमणि फुयालले जानकारी दिए ।
शनिबार दिनभर जसो प्रदेश प्रमुख शर्माको मुटुको चालमा कमी आई स्वास्थ्य अवस्था जटिल बनेको फुयालको भनाइ छ । अहिले भने उनको स्वास्थ्य अवस्थामा केही सुधार देखिएको फुयालले रातोपाटीलाई बताए । फुयालका अनुसार प्रमुख शर्माको उपचारमा डा.सूर्य देवकोटाको नेतृत्वमा चिकित्सकहरु खटिएका छन् । उनी विगत ७ वर्षदेखि मुटु सम्बन्धी समस्याबाट पीडित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण