हेटौंडाबाट सुनचाँदी व्यवसायी अपहरण, ४ जना पक्राउ
हेटौंडा–११ का जितेन्द्र विश्वकर्मा आज बिहान अपहरणमा परे । सुनचाँदी व्यवसायी विश्वकर्मा घरबाट पसल खोल्न जाने क्रममा हेटौंडा–१० बासुदेव मार्गबाट अपहरणमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ विश्वकर्माको अपहरणको सूचना र अपहरणमा प्रयोग गरिएको सवारीको मद्दतबाट प्रहरीले खोजीकार्य सुरु गर्याे । उनी बिहान करिब ९ बजेको समयमा हेटौंडा बजार क्षेत्रबाट अपहरणमा परेको प्रहरीले जनाएको छ ।
घरबाट पसल निस्केका जे.एस. सुनचाँदी पसलका सञ्चालक वर्ष ४० का विश्वकर्मालाई पसल अगाडिबाट ४÷५ जनाको समूहमा आएका युवाहरुले अपहरण गरेको प्रहरीको भनाई छ । बा २० च ८९६० नम्बरको सेतो कारमा आएका अपरिचित युवाहरुको समूहले विश्वकर्मालाई अपहरण गरेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ घर भएका विश्वकर्मा वडा नम्बर–१० बजार क्षेत्रको बासुदेवमार्ग स्थित सडकबाट अपहरणमा परेको प्रहरीको भनाई छ ।
अपहरणको सूचना र घटनास्थलको प्रारम्भिक अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले खोजीकार्य सुरु गर्यो । प्रहरीले अपहरण गरी लैजाने व्यक्तिहरु र कार मध्यान्ह १ बजे हेटौंडा उपमहानगरपालिका–५ स्थित मकवानपुर रिकभरिङ्ग समूहको कार्यालय अगाडि फेला पार्न सफल भयो ।
त्यसलगत्तै अपहरण गर्ने कार्यमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए । पक्राउ पर्नेमा हेटौडा–१० बस्ने वर्ष ३९ का विनोदलाल श्रेष्ठ, वर्ष ३० का अनिल लामा, हेटौंडा–५ बस्ने वर्ष ३२ का बुद्ध लामा र हेटौंडा–२ बस्ने वर्ष २७ का आदेश लामालाई पक्राउ गरिएको उनले बताए ।
प्रहरीले अपहरित विश्वकर्मालाई मकवानपुर रिकभरिङ्ग समूहको कार्यालय परिसरभित्र फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । विश्वकर्मालाई अपहरण मुक्त गरी सकुशल उद्धार गरिएको र पक्राउ परेका माथि थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण