ठुलो परिमाणमा पटाकाका साथ पक्राउ
रौतहटमा प्रहरीको गस्ती टोलीले ठुलो मात्रामा प्रतिबन्धित पटाकाका साथ एक र अन्य मुद्दाका फरार दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गस्ती टोलीले ती तीन जनालाई पक्राउ गरेको हो ।
चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा ग १ ख ६३४१ नम्बरको बसमा चेकजाँचको क्रममा सर्लाही जिल्लाको पर्सा गाउँपालिका–४ का २५ वर्षीय संजित साहलाई पटाकासहित नियन्त्रणमा लिएको छ ।
उनले ब्यागमा लुकाई राखेको एक लाख ६२ हजार ४८४ रुपैयाँ बराबरको बिष्फोटक पदार्थ पटाका बरामद भएको प्रहरीको भनाइ छ । उनलाई विष्फोटक पदार्थ पटाका शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी रौतहट जिल्ला अदालतको २०७३ साल असार २८ गतेको फैसलाले चोरी मुद्दामा २ जनालाई दोषी ठहर गरी जनही एक महिना कैद र ८५ हजार जरिवाना गरेकोमा फैसलापछि फरार चन्द्रपुर नगरपालिका–५ बस्ने वर्ष २८ का करण चौधरी र सोही ठाउँका वर्ष २३ का अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई कैद तथा जरिवाना भुक्तानीका लागि मंगलबार रौतहट जिल्ला अदालत, गौरमार्फत कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
-
ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिला फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण