ट्र्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु
शुक्रबार, १५ असोज २०७८, ०८ : २६
ट्र्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग१त ३१६८ नंको ट्र्याक्टरको ठक्करबाट घाइते भएकी सोही ठाउँकी ४५ वर्षीया माया विकको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
बिहीबार साँझ साढे ५ः०० बजेको समयमा ओरालोमा रोकिराखेको ट्रयाक्टर आफैँ अगाडि बढ्न जाँदा विकलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी विकको उपचारका क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको छ । ट्र्याक्टर चालक र ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण