एमालेमा ७० वर्षे उमेरहद : ओलीलाई ‘कम्फरटेवल’ !
नेकपा एमालेको जारी विधान महाधिवेशनले ७० वर्षे उमेर हद कायमै राख्ने भएको छ । यदि कोही ७० वर्ष पुरा हुनुअघि नै उम्मेदवार भएर जितेको खण्डमा उसले पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधान संशोधनमार्फत गरेको छ । यसले मुख्य त हालका अध्यक्ष केपी शर्मा ओली लक्षित छ ।
आइतबार ७० वर्षे उमेर हदबारे व्याख्या गर्दै विधान संशोधन प्रस्ताव कार्यदलका संयोजक विष्णु पौडेलले कुनै पनि व्यक्ति पार्टीको कमिटीमा ७० वर्ष पूरा नहुँदै निर्वाचित भएमा कार्यकालको बीचमै ७० वर्ष पूरा भएपनि पूर्ण कार्यकाल काम गर्न पाउने व्यवस्था गरेको बताए ।
‘यो व्याख्या र व्यवस्था केपी ओली लक्षित देखिन्छ,’ एक केन्द्रीय सदस्यले भने, ‘दशौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भए पूर्ण कार्यकाल काम गर्न पाउने देखिएको छ । किनभने केपी ओली अध्यक्षमा दोहोरिने तयारीमा छन् । मंसिरमा महाधिवेशन भए उनी अध्यक्षमा दोहोरिएको केही महिनापछि ७० वर्ष पुग्दैछन् ।’ तर ओलीले यस्तो सुविधा पाएर दोहोरिएमा हाल उपाध्यक्ष, महासचिव र स्थायी कमिटीमा रहेका नेताहरु भने अध्यक्ष हुनबाट बञ्चित हुनेछन् ।
एमालेको विधान महाधिवेशनमा ओलीप्रति गरिएको देवत्वकरणको विरोध भइरहेका बेला महाधिवेशनमा ‘फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई...’ भनेर ओलीको देवत्वकरण र पुन अध्यक्ष बनाउन लविङ गरेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
