पाकिस्तानबाट काठमाडौंमा बोलाएर अपहरण
पाकिस्तानबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका फैजान अहमद विमानस्थलबाटै अपहरणमा परेका छन् । पाकिस्तानबाट काठमाडौंमा बोलाएर उनलाई ललितपुरको सिभिल होम्समा बन्धक बनाएको आरोपमा प्रहरीले दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले ठमेलबाट मंगलबार राती दुईजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पाकिस्तान घर भएका जेसोन महम्मद र ताज रिजवानलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।
जेसोन महम्मद र ताज रिजवान १५ दिनअघि पाकिस्तानबाट काठमाडौं आएका थिए । यहाँ आएर उनीहरुले ललितपुरको धापाखेलस्थित सिभिल होम्समा घर भाडामा लिए । अनि, पाकिस्तानबाट फैजान अहमदलाई फोन गरेर बोलाए । फैजान विमानबाट काठमाडौं ओर्लिए । सोमबार त्रिभुवन विमानस्थलबाट ओर्लिएपछि फैजानलाई उनीहरुले सिभिल होम्समा लगेर हातखुट्टा बाँधेर राखेका हुन् ।
झ्यालबाट हामफालेर भागेका फैजान स्थानीयको सहयोगमा प्रहरीकहाँ पुगेका थिए । बन्धक बनाएर उनीहरुले पाकिस्तानस्थित घरमा फोन गर्न लगाएर ‘म क्यानडा पुगेँ २० हजार पठाइदिनु’ भन्न दबाव दिएको फैजानले प्रहरीलाई बताएका छन् ।
पक्राउ परेका दुईजनालाई ललितपुर प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । आरोपीहरुले फैजानलाई विदेश पठाइदिन्छौं भनेर काठमाडौंमा बोलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण