जमरा राख्ने बालुवा खोज्दै बागमतीमा (फोटोफिचर)
भनिन्छ, काठमाडौँ सहर क्रंक्रिटको जंगल हो । सहरको केन्द्र भागमा बसोबास गर्ने घरबेटी र डेरावालहरूका लागि जमरा राख्ने माटो पाउन मुस्किल छ । तर, पशुपतिनाथ मन्दिर वरपर बागमतीको पवित्र जलद्वारा सिञ्चित बालुवामा जमरा राख्ने चलन पनि काठमाडौँमा मौलाउँदै जान थालेको छ ।
जमरा राख्न लागि खोलामा बालुवा खोज्नेहरूको भीड निकै रोचक देखिन्थ्यो । घटस्थापनाको बिहानै बागमती किनारमा बाल्टी लिएर बालुवा खोजिरहेका मानिसहरूको भीड देखियो । उनीहरूले घटस्थापनाका दिन बालुवा लिनका लागि आएको बताए ।
बालुवामा जमरा राख्दा राम्रोसँग उम्रने उनीहरूले सुनाए । बागमती नदीको जल पवित्र मानिने हुनाले यहाँको बालुवामा जमरा राख्दा शुभ हुने उनीहरूको प्रतिक्रिया छ । बिहीबारदेखि औपचारिकरुपमा दसैँ सुरु भएको छ । घटस्थापनाका दिन धान, मकै, जौ, गहुँ आदिको जमरा राख्ने गरिन्छ । र, टीकाको दिन अक्षता र जमरा लगाएर दसैँ मनाउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० जनालाई केन्यामा लगेर बन्धक बनाउँदै साढे ५ करोड ठगेको आरोपमा ३ जना पक्राउ
-
वीरगन्ज महानगरका पूर्वमेयर सरावगीद्वारा एमालेबाट राजीनामा
-
नीति तथा कार्यक्रममाथि एमालेले सचेत र लिडिङ रोल हुन्छ : ओली
-
सडक विस्तार गर्न बागलुङ–बेनी खण्ड बन्द
-
लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
एमालेले संसदीय दलको बैठक सुरु