जमरा राख्ने बालुवा खोज्दै बागमतीमा (फोटोफिचर)
भनिन्छ, काठमाडौँ सहर क्रंक्रिटको जंगल हो । सहरको केन्द्र भागमा बसोबास गर्ने घरबेटी र डेरावालहरूका लागि जमरा राख्ने माटो पाउन मुस्किल छ । तर, पशुपतिनाथ मन्दिर वरपर बागमतीको पवित्र जलद्वारा सिञ्चित बालुवामा जमरा राख्ने चलन पनि काठमाडौँमा मौलाउँदै जान थालेको छ ।
जमरा राख्न लागि खोलामा बालुवा खोज्नेहरूको भीड निकै रोचक देखिन्थ्यो । घटस्थापनाको बिहानै बागमती किनारमा बाल्टी लिएर बालुवा खोजिरहेका मानिसहरूको भीड देखियो । उनीहरूले घटस्थापनाका दिन बालुवा लिनका लागि आएको बताए ।
बालुवामा जमरा राख्दा राम्रोसँग उम्रने उनीहरूले सुनाए । बागमती नदीको जल पवित्र मानिने हुनाले यहाँको बालुवामा जमरा राख्दा शुभ हुने उनीहरूको प्रतिक्रिया छ । बिहीबारदेखि औपचारिकरुपमा दसैँ सुरु भएको छ । घटस्थापनाका दिन धान, मकै, जौ, गहुँ आदिको जमरा राख्ने गरिन्छ । र, टीकाको दिन अक्षता र जमरा लगाएर दसैँ मनाउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण