शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कमल थापामाथि गुटबन्दीको आरोप

बिहीबार, २१ असोज २०७८, २२ : १६
बिहीबार, २१ असोज २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पाँचथर भ्रमणको क्रममा पूर्व राप्रपा नेपाल पक्षलाई मात्र भेट गरेपछि उनलाई गुटबन्दीको आरोप लागेको छ । राप्रपा एकता घोषणा कार्यक्रममा राप्रपाका अध्यक्षहरुले गीता छोएर कहिले पार्टी विभाजन नगर्ने कसम खाएका थिए । तर यसरी एक भएको राप्रपामा अध्यक्ष थापा कै भ्रमणको दौरान पाँचथरमा यस्तो अनौठो घटना देखियो ।

अध्यक्षको भ्रमणमा पक्षधरताको प्रश्न उठेको एक नेताले बताए ।  पाँचथरमै रहेका केन्द्रीय नेता सगुन सुन्दर लावती लगायतलाई भेट गर्ने कार्यक्रम थापाले तय गरेका थिए । असोज १९ गतेको निर्धारित कार्यक्रममा पर्खेर बसेका नेता कार्यकर्तालाई भेट्न थापा निश्चित स्थानमा तर पुगेनन् ।

टुट र फुटको विगतपछि एक भएको राप्रपा हाल महाधिवेशनको तयारीमा छ । केन्द्रीय महाधिवेशन कार्तिक मसान्तलाई तोकिएको छ । असोज २० गतेसम्म सबै जिल्लाका अधिवेशन सम्पन्न नभएको कारण, महाधिवेशनको म्याद पुनः थपिने सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप