कमल थापामाथि गुटबन्दीको आरोप
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पाँचथर भ्रमणको क्रममा पूर्व राप्रपा नेपाल पक्षलाई मात्र भेट गरेपछि उनलाई गुटबन्दीको आरोप लागेको छ । राप्रपा एकता घोषणा कार्यक्रममा राप्रपाका अध्यक्षहरुले गीता छोएर कहिले पार्टी विभाजन नगर्ने कसम खाएका थिए । तर यसरी एक भएको राप्रपामा अध्यक्ष थापा कै भ्रमणको दौरान पाँचथरमा यस्तो अनौठो घटना देखियो ।
अध्यक्षको भ्रमणमा पक्षधरताको प्रश्न उठेको एक नेताले बताए । पाँचथरमै रहेका केन्द्रीय नेता सगुन सुन्दर लावती लगायतलाई भेट गर्ने कार्यक्रम थापाले तय गरेका थिए । असोज १९ गतेको निर्धारित कार्यक्रममा पर्खेर बसेका नेता कार्यकर्तालाई भेट्न थापा निश्चित स्थानमा तर पुगेनन् ।
टुट र फुटको विगतपछि एक भएको राप्रपा हाल महाधिवेशनको तयारीमा छ । केन्द्रीय महाधिवेशन कार्तिक मसान्तलाई तोकिएको छ । असोज २० गतेसम्म सबै जिल्लाका अधिवेशन सम्पन्न नभएको कारण, महाधिवेशनको म्याद पुनः थपिने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण