गण्डकीमा विना विभागीय मन्त्री विश्वकर्माले लिए शपथ
गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमाबार साँझ उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटेलाई मन्त्री बनाउनका लागि एक साताअघि काठमाडौँ गएर प्रधानमन्त्री शेरबहादुर देउवासङ मन्त्री बनाउन सहमति लिएपछि आज बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गरिएको छ । यसअघि साउन ८ गते मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिममा हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए । काँग्रेसमा व्यक्तिवादी गुटका कारण दलित र पुरानो नेतालाई पाखा लगाएको भन्दै मुख्यमन्त्री पोखरेलको तीव्र आलोचना भएको थियो ।
६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा ११ मन्त्री रहेका थिए । विश्वकर्माको नियुक्तिसँगै १२ जना मन्त्री भएका छन् । प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था संविधानमा रहेका कारण त्यसैलाई आधार मानेका १२ जना मन्त्री बनाइएको हो । यसअघि पृथ्वी सुब्बा गुरुङले ७ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । आफ्नो सत्ता जोगाउन अन्तिममा आएर उनले राजिव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाएर ८ सदस्यीय बनाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण