दसैँ नमनाउने खोकनाको जात्रा, तस्बिरमा हेर्नुहाेस्
दसैँ नमनाउने ललितपुरको खोकनामा श्रीस्वस्थानी व्रतकथामा आधारित खोकना नाच शुरु भएको छ । खोकनाको रुद्रायणी मन्दिरमुनि कोयलाक्षीमा आज रुद्रायणी देवीको नृत्य मञ्चन गरिदैछ । भगवान् शिव र माता पार्वतीले भनेको आज्ञा नमानेर छोरा कुमारले घरबाट हिँड्दा बाटामा पाएको दुःख, महाकाली र दैत्यबीच भएको लडाइँ, हनुमान्ले कुमारलाई आपत्मा परेका बेला बचाएको क्षण आदिको सम्झनामा दिनभर नृत्य मञ्चन हुनेछ ।

नृत्यअघि वडाले सरकारी पूजा लाने चलन रहेको छ । खोकना नाचमा विशेष गरेर गणेश, महालक्ष्मी, भैरव, शक्ति, रुद्रायणी, इन्द्रायणी, हनुमान्, कुमार, शिवपार्वती आदि देवीदेताका कथामा आधारित नृत्य गरिने बताइएको छ ।काठमाडौं उपत्यकाको प्रारम्भिक मानव बस्ती यहीँबाट शुरु भएको मानिन्छ । रातो मच्छिन्द्रनाथलाई आधा वर्ष राखिने यस स्थान राजा अंशुवर्माले विकसित गराएको खोकनावासीको भनाइ छ । खोकना तोरीको तेल र खुर्सानीका लागि मुलुकभर प्रख्यात छ । खोकना नेपालमा पहिलो पटक बिजुली बलेको ठाउँ पनि हो ।



























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण