इलाममा बाढी पहिरोमा परेर १३ जनाको मृत्यु
अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर इलाममा १३ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण देउमाई नगरपालिका, फाकथोकथुङ गाउँपालिका, सुर्यदय नगरपालिका र मान्सेवुङ गाउँपालिककाका १३ जनाले ज्यान गुमाएको इलामका एसपी महेन्द्र श्रेष्ठले रातोपाटीलाई बताए ।
फाकथोक थुङ गापा–१ बस्ने ३० वर्षीया बिना शेर्मा लावती, १४ वर्षीय आइतबहादुर राई, वडा नम्बर–३ बस्ने ७५ वर्षीय रनजटा कटुवाल, १५ वर्षका निशान कटुवाल, १२ वर्षका निश्चय कटुवाल र नयनसिंह कटुवालको मृत्यु भएको छ ।
सुर्यदय नपा–३ नेलबोटे बस्ने ४९ वर्षीय नारायाणदेवी मोते, वडा नम्बर–३ बस्ने ३८ वर्षीय विष्णुमाया तामाङ र १६ वर्षीय विशाल तामाङको मृत्यु भएको छ । देउमाई नगरपालिका–२ मा खोलाले बगाउँदा वर्ष ४५ की सरिता आचार्यको मृत्यु भएको एसपी श्रेष्ठले बताए ।
पहिरोमा पुरिएर मान्सेवुङ गाउँपालिका–६ बस्ने २५ वर्षीया कविता राई र हरि प्रसाद राईको मृत्यु भएको छ । माई नगरपालिका–३ घर भएका तेजमान राईको रुखको हाँगाले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना महिला र ७ जना पुरुष छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण