दुई घण्टा ढिलो गरी एनसीबीको कार्यालय पुगिन् अनन्या पाण्डे, फोन जफत : आर्यनका विद्युतीय उपकरण दिन भनियो
क्रुज ड्रग्स केसको अनुसन्धान जतिजति अघि बढिरहेको छ, त्यति नै नयाँ खुलासा भइरहेका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को टीमले बिहिबार नायिका अनन्या पाण्डे र शाहरुख खानको घरमा छापा हानेको छ । अनन्यालाई आज दिउँसो करिब २ बजे सोधपुछका लागि बोलाइएको थियो । उनी करिब दुई घण्टा ढिलो गरी एनसीबीको कार्यालय पुगिन् । आर्यनको ह्वाट्सएप च्याटले अनन्या पनि लागुऔषधसँग सम्बन्धित भएको कुरा सार्वजनिक भएको छ । उनको फोन एनसीबीले जफत गरेको छ ।
एनसीबीका केही अधिकारी शाहरुख खानको मुम्बई स्थित बंगला मन्नतमा पनि पुगे । समूहका अधिकारी वीवी सिंहले आर्यनसँग सम्बन्धित केही कागजपत्रको काम पूरा गर्न उनको घर पुगेका थिए । उक्त समूहले आर्यनको घरमा एउटा नोटिस दिएको छ जसमा आर्यनका केही विद्युतीय उपकरण परिवारसँग भएको भए, ती जम्मा गरिदिन भनिएको छ ।
एनसीबीले अनन्यालाई घरमा भेटेन । एनसीबीले अनन्या र आर्यनबीच केही च्याट भेटेको छ । यसै च्याटको पुष्टि गर्नका लागि नायिकासँग सोधपुछका लागि एनसीबीको समूह उनको घर पुगेको थियो । स्मरण रहोस्, अनन्य र शाहरुखका छोरा आर्यनबीच निकै राम्रो दोस्ती छ । एनसीबीले जुन च्याट पाएको छ, त्यसमा आर्यनले ड्रग्सबारे अनन्यासँग कुराकानी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण