कालीगण्डकी नदी किनारमा २ पुरुषको शव भेटियो
शुक्रबार, ०५ कात्तिक २०७८, ०७ : ३०
पाल्पा प्रहरीले कालीगण्डकी नदी किनारमा दुई जना पुरुषको शव फेला पारेको छ । जिल्लाको रामपुर नगरपालिका–८ , होस्दीस्थित कालीगण्डकी नदी किनारमा सडेको अवस्थामा अन्दाजी ४०÷४५ बर्ष उमेरको पुरुषको शव र सोही वडाको भुजात शिद्धबाबास्थित कालीगण्डकी नदी किनारमा नै सोही उमेर समूहका अर्का पुरुषको शव फेला परेको हो ।
पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार दुवै शव कालीगण्डकी नदीले बगाएर ल्याएको जस्तो देखिएको छ । यस्तै, डिएसपी त्वातीले पाल्पामा अर्की एक महिला रुखमा झुण्डिएको अवस्थामा फेला परेकी जानकारी दिएका छन् । प्रहरीका अनुसार रिब्दिकोट गाउँपालिका–४, भारकोटरिपकी ३५ बर्षीया माया राना आँपको रुखमा चुन्नीको पासो लगाई मृत फेला परेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण