कालीगण्डकी नदी किनारमा २ पुरुषको शव भेटियो
शुक्रबार, ०५ कात्तिक २०७८, ०७ : ३०
पाल्पा प्रहरीले कालीगण्डकी नदी किनारमा दुई जना पुरुषको शव फेला पारेको छ । जिल्लाको रामपुर नगरपालिका–८ , होस्दीस्थित कालीगण्डकी नदी किनारमा सडेको अवस्थामा अन्दाजी ४०÷४५ बर्ष उमेरको पुरुषको शव र सोही वडाको भुजात शिद्धबाबास्थित कालीगण्डकी नदी किनारमा नै सोही उमेर समूहका अर्का पुरुषको शव फेला परेको हो ।
पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार दुवै शव कालीगण्डकी नदीले बगाएर ल्याएको जस्तो देखिएको छ । यस्तै, डिएसपी त्वातीले पाल्पामा अर्की एक महिला रुखमा झुण्डिएको अवस्थामा फेला परेकी जानकारी दिएका छन् । प्रहरीका अनुसार रिब्दिकोट गाउँपालिका–४, भारकोटरिपकी ३५ बर्षीया माया राना आँपको रुखमा चुन्नीको पासो लगाई मृत फेला परेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री लामिछानेले संसद्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोताका जस्तो भयो : गगन थापा
-
प्रसिद्ध धार्मिक क्षेत्र ‘कैलाश–मानसरोवर’ अब हेलिकप्टरमा सरर...
-
संसद्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
-
‘राज्यले व्यवसाय गर्ने होइन, उद्योगीलाई सहजीकरण गर्ने हो’
-
पञ्जाबलाई हराउँदै दोस्रो स्थानमा उक्लियो हैदराबाद
-
विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा ३ जना पक्राउ