प्रेमीसँगको तस्बिरमा इन्दिरा लेख्छिन् ‘तिम्रो अँगालो मेरो घर’
गायिका इन्दिरा जोशी र शरद केडिया बिचको प्रेम केही अगाडि सार्वजनिक भएको हो । हेलिकोप्टर चार्टरमा खुम्बु पुगेर उनीहरुले प्रेम बाहिर ल्याएका थिए । सो क्रममा प्रेमी शरदले इन्दिरालाई औँठी लगाइदिएर विवाहको प्रस्ताव समेत राखे । प्रेमीको शरदको प्रस्ताव आफुले स्वीकार गरेको इन्दिराले सामाजिक संजाल मार्फत बाहिर ल्याएकी थिइन् । केही बर्षको चिनजान इन्दिरा र शरदले प्रेममा बदलेका हुन् । केही अगाडि विवाहको बारेमा सोध्दा इन्दिराले विवाह टुङ्गो नभएपनि इन्गेजमेन्ट गर्ने तयारी बताएकी थिइन् ।
प्रेम सार्वजनिक गरेपछि इन्दिरा शरदसँग सार्वजनिक स्थानमा आकलझुकल देखिन थालेकी छन्, भने सामाजिक संजालबाट पनि प्रेमी शरदलाई माया दर्साइरहेकी छन् । केही अगाडि काठमाडौंको किङ्स लाउन्चमा पनि उनी प्रेमी शरदसँग पुगेको तस्बिर बाहिर आएको थियो । अहिले भने इन्दिराले प्रेमी शरदको अँगालोमा बाँधिएको एक तस्बिर सार्वजनिक गर्दै उनी प्रति प्रेम ब्यक्त गरेकी छन् । तस्बिरका साथ उनले लेखेकी छन् ‘मेरो अँगालो तिम्रो लागि, तिम्रो अँगालो मेरो घर ’ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण