कट्रिना–विक्की अर्को महिना विवाह गर्दै ?
बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको सम्बन्धको खबर त धेरैजसो चर्चामा आइरहन्छ तर यी दुईले आफूहरु सम्बन्धमा रहेको खबर कहिल्यै स्वीकार गरेनन् । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार कट्रिना र विक्कीको घरमा छिट्टै विवाहको बाजा बज्दैछ ।
टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार कट्रिना र विक्कीले आफ्नो विवाहको तयारी पनि सुरु गरिसकेका छन् । स्रोतले बताएको छ, ‘कट्रिना र विक्कीको विवाहको पहिरन चर्चित फेसन डिजाइनर सब्यासाचीले डिजाइन गरिरहेका छन् । उनी हाल पहिरनका लागि कपडा छानिरहेका छन् ।’
स्रोतले थपेको छ, ‘कट्रिनाले र सिल्क फेब्रिक छानेकी छिन् । कट्रिना र विक्कीको विवाह नोभेम्बर र डिसेम्बरमा हुनेछ । आफ्नो विवाहमा नायिकाले लेहेङ्गा लगाउनेछिन् ।’
स्मरण रहोस्, विवाहको खबर सार्वजनिक हुनु केही समयअघि कट्रिना र विक्कीको ‘रोका सेरेमनी’ ले असाध्यै चर्चा बटुलेको थियो । रिपोर्टका अनुसार यी दुईले गोप्य रुपमा विवाह गरेका छन् ।
विक्की र कट्रिनालाई धेरैजसो सँगै देखिन्छ । हालै यी दुईलाईै विक्की कौशलको फिल्म सरदार उधमको स्क्रिनिङमा देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण