धान भित्र्याउने चटारोमा खोकनाका किसान (तस्बिरहरू)
काठमाडौँ । बेमौसमी वर्षाले हालै सुदूरपश्चिम, लुम्बिनी, प्रदेश १ का साथै देशका विभिन्न भागमा जनधनका साथै धान तथा तरकारी बालीमा ठुलो क्षति पुगे पनि काठमाडौँ उपत्यकाभित्रका किसानले भने धान बाली भित्र्याउन पाएका छन् ।

केही दिन यता मौसममा सुधार आएसँगै ललितपुरस्थित खोकनाका किसान यति बेला धान भित्र्याउने चटारोमा छन् । काठमाडौँ उपत्यकाको पुरानो बस्ती मानिने खोकनाका अधिकांश बासिन्दा कृषिमा आश्रित छन् ।

खोकनाका किसानले गत असार–साउनमा रोपेको धान अहिले भित्र्याउन थालेका हुन् । यहाँका किसानले प्रायः पोखरेली, ताइचिन र मसिनो धानको खेती गर्दछन् । काठमाडौँ–निजगढ द्रुतमार्गमा पर्ने जग्गाका बारेमा गत असारमा यहाँ विवादसमेत भएको थियो । विकास निर्माणका नाममा उर्वर भूमि मास्न खोजिएको भन्दै स्थानीय किसानले द्रुतमार्ग पर्ने जग्गामा समेत धान रोप्न थालेपछि गत असारमा यहाँ झडपसमेत भएको थियो ।
प्रहरी र स्थानीयवासीबीचको झडपका बाबजुद किसानले धान रोपेका थिए । सो क्षेत्रमा अहिले धान पाकिसकेको छ भने किसानहरू धमाधम धान भित्र्याउन व्यस्त छन् ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण