अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोज्ने एक जना पक्राउ
बिहीबार, ११ कात्तिक २०७८, १२ : ५७

अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ बस्ने २७ वर्षीय मिन बहादुर पाइन छन् । पाइन लगायत ३ जनाले डलर साट्ने भन्दै ठगी गर्न लागेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पाइनले अमेरिकी डलर साट्ने भन्दै पीडितसँग ५ लाख ठगी गर्न लागेका थिए । प्रहरीले पाइनलाई ५० दरको ११ थान अमेरिकी डलर, १ दरको १ थान अमेरिकी डलर, २० रुपैयाँ दरको ३ सय ३९ थान नोट, १० रुपैयाँ दरको ३ सय ६७ थान नोट, ४ थान मोबाइल, प्रदेश ०२–३० प ६९१६ नम्बरको मोटरसाइकल र पीडितको ५ लाख रुपैयाँ सहित पक्राउ गरेको हो । फरार अन्य २ जनाको खोजी भइरहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा ट्रक र इभी गाडी ठोक्किँदा २ जनाको मृत्यु, २ घाइते
-
अन्तर्राष्ट्रिय स्पेस स्टेसन जाँदैछन् भारतीय पाइलट
-
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु
-
पूर्व सभामुख सापकोटाको मुद्दामा वरिष्ठ अधिवक्तालाई न्यायाधीशको प्रश्न : न्याय मार्न मिल्छ ?
-
सरकारको नियतमाथि एकीकृत दलित मुक्तिमोर्चा नेपालले उठायो प्रश्न
-
राजावादी बैठकको माहौल असहज भएसँगै नवराज सुवेदीले गरे बैठक स्थगित, तस्बिरहरू