पत्रकार पोखरेल बने एमाले रेसुङ्गा नगर कमिटीको अध्यक्ष
पत्रकार हरिप्रसाद पोखरेल नेकपा एमाले रेसुङ्गा नगर कमिटीको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । अर्का उम्मेदवार पदम प्रसाद अर्यालसँगको लामो रस्साकस्सी पछि बिहीबार दिउँसो उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित हुन सफल भएका हुन् ।
उपाध्यक्षमा देविराम खनाल , सचिवमा शालिक बस्नेत , उपसचिवमा महेश काउछा र अर्को उपसचिवमा मिठु बोहरा निर्वाचित भएको अध्यक्ष पोखरेलले बताए । उनले ७१ सदस्यीय नगर कमिटी निर्माण भएको बताए । प्रथम नगर अधिवेशनको एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेका थिए भने नव निर्वाचितहरुलाई शपथ पनि उनैले खुवाएका थिए । जिल्लाका १२ पालिका मध्य एमाले गुल्मीको १२ वटा पालिकाको पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ । इस्मामा मतदान नै गर्नु परेको थियो । अब दुई गाउँपालिका धुर्कोट र मदानेमा पनि सहमतिको प्रयास भई रहेको जिल्ला पार्टी अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण