आजदेखि १४ औं गोदावरी पुष्प प्रदर्शनी सुरु (फोटो फिचर)
ललितपुरको जावलाखेल खेल मैदानमा आजदेखि १४ औं ‘गोदावरी पुष्प प्रदर्शनी २०७८’ सुरु भएको छ । यो प्रदर्शनी कात्तिक १५ गतेसम्म सञ्चालन हुने आयोजक संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । मेलाको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् । मेलाको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले पुष्प सबैका लागि महत्वपूर्ण भएको र त्यसको खेती गर्ने सौभाग्यशाली हुने बताए । उनले नेपालमा पुष्प खेती विस्तार भइरहेको समयमा कोरोनाले असर पारे पनि पुनः अब यो व्यवसायलाई पुरानै अवस्थामा फर्काउनुपर्नेमा जोड दिए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय (पशुपन्छी तर्फ) का सचिव डा. गोविन्द शर्माले निजी क्षेत्रको प्रयासबाट पुष्पमा राम्रो लगानी भएको र यो व्यवसाय राम्रो फस्टाएको बताए । ललितपुर महानगरपालिका चिरिबाबु महर्जनले यो महानगरलाई हरियाली बनाउन विभिन्न प्रयासहरु भइरहेको बताए । महानगरभित्र रहेको पुराना पोखरीलाई पुनर्निर्माण गरी पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि प्रयास गरिरहेको उनले बताए ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण