१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
सारांश
- मिटरब्याज पीडितहरूले न्यायको लागि पुनः सिंहदरबार मार्च सुरु गरेका छन्, जसमा करिब २०० जना पीडित ११ दिनभित्र काठमाडौँ पुग्ने लक्ष्यमा छन्।
- काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
- चक्रपथमा आकाशे पुल र जेब्रा क्रसिङ निर्माणमा ढिलासुस्तीले सडक दुर्घटनाको जोखिम बढाएको छ।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ ।
१. न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
विगतमा सरकारले गठन गरेका आयोग र ल्याएका कानुनी व्यवस्थाहरू अपूर्ण भएको र समस्या समाधान नभएको भन्दै देशभरका मिटरब्याज पीडितहरू फेरि सडक आन्दोलनमा उत्रिएका छन् ।
पीडितहरूले जनकपुरबाट बिहीबार सुरु गरेको पैदलयात्रा दोस्रो दिन शुक्रबार महोत्तरीको बर्दिबास आइपुगेको छ । न्यायको खोजीमा पैदल निस्किएका करिब २०० जना पीडित ११ दिनभित्र सङ्घीय राजधानी काठमाडौँ पुग्ने लक्ष्यका साथ अघि बढिरहेका छन् ।
२. आत्मदाहको प्रयास गरेका राउतको निधन
काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
३. होल्डिङ सेन्टरका सुकुमबासीको अवस्थाप्रति चिन्ता
विभिन्न राजनीतिक दलहरुले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासी परिवार अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । नेकपा एमाले, नेकपा, नेपाली कांग्रेस लगायतका दलहरुले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासी परिवारको अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन् ।
कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँका सुकुमबासी परिवारको बिचल्ली भएको छ । उनीहरुलाई अहिले कीर्तिपुरको स्मृति भवनमा राखिएको छ ।
४. ढिलासुस्ती
चक्रपथअन्तर्गत पर्ने आकाशे पुल र जेब्रा क्रसिङको निर्माण कार्य समयमै पूरा नहुँदा सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
५. शेखर कोइराला र प्रकाशरण महतबिच भेटघाट
नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेता डा.प्रकाशशरण महत र अर्का नेता डा.शेखर कोइरालालाई भेट्न विराटनगर पुगेका छन्। शनिबार विराटनगरमा रहेका डा. कोइरालालाई कोइराला निवासमा पुगेर डा.महतले भेटेका हुन्।
६. शनिबार विशेष
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण