बोक्साबोक्सीको आरोपमा देवर भाउजूलाई मलमूत्र खुवाइयो, १ जना पक्राउ
महोत्तरीमा स्थानीय महिलाहरुले बोक्सा–बोक्सीको आरोप लगाउँदै एक परिवारका सदस्यहरुलाई मलमुत्र खुवाएका छन् । महिलाहरुको एक समूहले महोत्तरीको औरही नगरपालिका वडा नम्बर ९ स्थित अगलेशरामा ५० वर्षीय एक पुरुष र ५५ वर्षीया महिलालाई बिहीबार साँझ बोक्सा–बोक्सीको आरोप लगाएर कुटपिट गर्दै मलमूत्र खुवाएका हुन् ।
मलमुत्र खुवाइएका महिला र पुरुष नातामा देवर–भाउजु पर्छन् । सो घटनालगत्तै इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटेका प्रहरी टोलीले पीडितहरूको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा भर्ना गरिएको छ ।
घटनामा संलग्नमध्ये एक जनालाई पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । उनले पीडितको जाहेरीको आधारमा घटनामा संलग्नहरूलाई पक्राउ गरी तत्कालै कारबाही गरिने बताए । घटनाबारे थप अनुसन्धान भइरहेको आचार्य जानकारी दिए ।
केही साता पहिले जिल्लाको महोत्तरी गाउँपालिकास्थित मडैँ गाउँमा बोक्सीकै आरोपमा एक महिलाको हत्या गरिएको थियो भने एक महिलालाई मलमूत्र खुवाइएको घटना सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण