दाङमा आठ जुवाडे पक्राउ
शनिबार, १३ कात्तिक २०७८, १३ : ३१
दाङमा आठ जुवाडे पक्राउ परेका छन् । शुक्रबार पक्राउ गरिएका उनीहरुलाई शनिवार प्रहरीले सार्वजनिक गरेको हो । शुक्रवार दिउँसो प्रहरी निरीक्षक रञ्जनबहादुर स्वाँरको नेतृत्वमा खटिएको प्रहरी टोलीले तुल्सीपुर–६ रजौरा टोलको एक खाली घरमा जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट झण्डै दुई लाख नगद समेत बरामद गरिएको जनाएको छ ।
पक्राउ पर्नेहरुमा तुल्सीपुर–११ का रोहित न्यौपाने, सोही स्थानका चित्रबहादुर बस्नेत, मिनकेतन गिरी, सुरेन्द्र लामा, वडा नम्वर १२ का मानबहादुर रावत, दिपेन्द्र गिरी, विवेक मल्ल र दिगाम्बर गिरी रहेका छन् । उनीहरुसहित जुवाखालबाट १ लाख ९८ हजार दुई सय रुपैयाँ नगद, १६ थान कौडा , भुईँमा बिछाइएको म्याट्रेक्स र दरी समेत बरामद गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण