वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
आइतबार, १४ कात्तिक २०७८, १३ : ३३
सुर्खेतको वीरेन्द्रनगरबाट ६५० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ सुकुमबासी टोलका १८ वर्षीय गणेश बि.सी, सोही नगरपालिका–२ जयपुर बस्ने २७ वर्षका दीपेन्द्र रोकाया (दुर्गे ) र २३ वर्षीय बखत विक रहेका छन् ।
उनीहरूको साथबाट ६५० मिलिग्राम ब्राउन सुगरसहित ४ हजार ४८० रुपैयाँ नगद समेत बरामद गरिएको छ । लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण