जानकी गाउँपालिकामा सनराइज बैंकको ७९ औं शाखारहित सेवा

सनराइज बैंकले बाँकेको जानकी गाउँपालिकामा आफ्नो ७९ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आजदेखि जिल्लाको खजुराखुर्दमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
शाखारहित बैंकिङ्ग सेवा उद्घाटन कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष भुमिसरा धिताल, सनराइज बैंक नेपालगन्ज शाखाका शाखा प्रबन्धक अनिल बज्राचार्य तथा अन्य कर्मचारीहरु लगायत शिक्षक, स्थानीय उद्योगी, व्यवसायीहरुको उपस्थितिमा सम्पन्न भएको थियोे ।
शाखा कार्यालय नभएको ठाँउबाट सेवाग्राहीले शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने छ । यस्तै, निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।
कृषि र रेमिट्यान्स प्रमुख आय स्रोत रहेको सो क्षेत्रका बासिन्दाहरूमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ सेवा सुरु गरेको बैंकले जनाएको छ । हाल सम्म सनराइज बैंकले १३९ वटा शाखा, ७९ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १५८ वटा एटिएम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको चन्द्र अभियानमा ठुलो धक्का, चन्द्रमामा दुर्घटनाग्रस्त भयो निजी ल्यान्डर
-
‘एउटै पालिकाले ३ हजारदेखि ५ हजारसम्म आयोजना इन्ट्री गरे’
-
नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक चालु अधिवेशनमै संसदमा लैजान्छौँ: सभापति खतिवडा
-
नेता र सांसदको गोजीबाट निस्कने ‘चिर्कटो’ अब योजना बैंकतिर
-
रोहित शर्मा भन्छन्, ‘टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि नराम्ररी बुवाको गाली खाएँ’
-
अनुकूल न्यायाधीश खोज्ने प्रयास, चार पटक सारियो पेसी