जानकी गाउँपालिकामा सनराइज बैंकको ७९ औं शाखारहित सेवा
सनराइज बैंकले बाँकेको जानकी गाउँपालिकामा आफ्नो ७९ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आजदेखि जिल्लाको खजुराखुर्दमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
शाखारहित बैंकिङ्ग सेवा उद्घाटन कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष भुमिसरा धिताल, सनराइज बैंक नेपालगन्ज शाखाका शाखा प्रबन्धक अनिल बज्राचार्य तथा अन्य कर्मचारीहरु लगायत शिक्षक, स्थानीय उद्योगी, व्यवसायीहरुको उपस्थितिमा सम्पन्न भएको थियोे ।
शाखा कार्यालय नभएको ठाँउबाट सेवाग्राहीले शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने छ । यस्तै, निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।
कृषि र रेमिट्यान्स प्रमुख आय स्रोत रहेको सो क्षेत्रका बासिन्दाहरूमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ सेवा सुरु गरेको बैंकले जनाएको छ । हाल सम्म सनराइज बैंकले १३९ वटा शाखा, ७९ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १५८ वटा एटिएम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण