एथ्लेटिकोलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा
बिहीबार, १८ कात्तिक २०७८, ०७ : ०६
१० खेलाडीमा सिमित एथ्लेटिको म्याड्रिडलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा लिभरपुल दुईका विरुद्ध शून्य गोलले विजयी भएको हो ।
लिभरपुलले दुवै गोल पहिलो हाफमा गरेको थियो । १३ औँ मिनेटमा डिएगो जोटाले लिभरपुललाई अग्रता दिलाए । यो सिजन उनको यो छैटौँ गोल हो । त्यसपछि साडियो मानेले टोलीको अग्रता दोब्बर बनाए । हाफ टाइम अघि फिलिपेले रातो कार्ड पाएपछि एथ्लेटिकोको संकट थप चुलिएको थियो । दोस्रो हाफमा लिभरपुलले गोलका थुप्रै अवसर गुमायो भने लुइस सुवारेजको गोललाई अफसाइड करार गर्दै रद्द गरिएको थियो ।
जीतसँगै समूह बीमा लिभरपुल १२ अंकसहित तेस्रो स्थानमा रहेको छ । एथ्लेटिको ४ अंकसहित तेस्रो रहेको छ । ५ अंकसहित दोस्रो स्थानमा रहेको पोर्टोले एसी मिलानसँग एक एक गोलको बराबरी खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण