एथ्लेटिकोलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा
बिहीबार, १८ कात्तिक २०७८, ०७ : ०६

१० खेलाडीमा सिमित एथ्लेटिको म्याड्रिडलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा लिभरपुल दुईका विरुद्ध शून्य गोलले विजयी भएको हो ।
लिभरपुलले दुवै गोल पहिलो हाफमा गरेको थियो । १३ औँ मिनेटमा डिएगो जोटाले लिभरपुललाई अग्रता दिलाए । यो सिजन उनको यो छैटौँ गोल हो । त्यसपछि साडियो मानेले टोलीको अग्रता दोब्बर बनाए । हाफ टाइम अघि फिलिपेले रातो कार्ड पाएपछि एथ्लेटिकोको संकट थप चुलिएको थियो । दोस्रो हाफमा लिभरपुलले गोलका थुप्रै अवसर गुमायो भने लुइस सुवारेजको गोललाई अफसाइड करार गर्दै रद्द गरिएको थियो ।
जीतसँगै समूह बीमा लिभरपुल १२ अंकसहित तेस्रो स्थानमा रहेको छ । एथ्लेटिको ४ अंकसहित तेस्रो रहेको छ । ५ अंकसहित दोस्रो स्थानमा रहेको पोर्टोले एसी मिलानसँग एक एक गोलको बराबरी खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय आक्रमणपछि पाकिस्ताननी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म
-
नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै
-
भारत र पाकिस्तानलाई युद्ध रोक्न नागरिक समाजको अपिल