१.५ करोड डलरको विश्वकै सबैभन्दा महंगो जुत्ता
बेलायती डिजाइनर डेबी विङहमले विश्वकै सबैभन्दा महंगो जुत्ता सार्वजनिक गरेकी छिन् । हाई हिल भएको जुत्तामा बहुमूल्य धातु र दुर्लभ ढुंगाहरु जडान गरिएको छ । यसको मूल्य १.५१ करोड डलर राखिएको छ ।
विङहम यस्तै महंगो डिजाइनहरुका लागि चर्चित छिन् । उनले विभिन्न सेलेब्रिटी, राजपरिवार र धनाढ्यहरुका लागि काम गर्ने गरेकी छिन् ।
यसअघि उनले विश्वकै सबैभन्दा महङ्गो लुगा बनाएकी थिइन् । ‘रेड डाइमण्ड अबाया गाउन’ मा २ हजारभन्दा बढी हिरा जडित थियो भने विश्वकै महंगो मानिने रातो हिरा पनि जडान गरिएको थियो । यसको मूल्य १.५४ करोड डलर राखिएको थियो ।
विङहमको कोटर टु केक्स नामक बेकिङ कम्पनी पनि रहेको छ । उनले एक युएईको ग्राहकका लागि ६.४ करोड अमेरिकी डलर पर्ने केक बनाएकी थिइन् ।

विङहमको पछिल्लो सृजना फ्लोरिडाका कलाकार क्रिस क्यामबेलसँगको संयुक्त प्रयासमा निर्माण गरिएको हो । विङहमले जुत्ताको डिजाइन तयार पारेकी थिइन् भने क्यामबेलले त्यसको निर्माण गरेका थिए । यो जुत्ता तयार गर्न १ सय घण्टाभन्दा बढी समय लागेको बताइएको छ ।
जुत्तामा तीनवटा दुर्लभ गुलाबी हिरा र एउटा एक क्यारेटको निलो हिरा राखिएको छ । यिनीहरु एउटैको १२.८ लाख अमेरिकी डलर पर्दछ । यसको साथै जुत्तामा चार वटा तीन क्यारेटको हिरा र १ हजार प्वाइन्टर हिरा रहेको छ ।
यस जुत्ताको चेन र सोल सुनको छ । छालामा २४ क्यारेटको सुन स्प्रे गरिएको छ भने यो जुत्ता सिलाउन १८ क्यारेटको सुनको धागो प्रयोग गरिएको छ ।
यो जुत्ता दुबईका एक ग्राहकले जन्मदिनका लागि बनाउन अर्डर दिएको विङहमले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण