पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्ने
पाँच दलीय सत्ता गठबन्धनको बैठक बोलाइएको छ । सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको नेकपा माओवादी केन्द्रका एक नेताले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुनेछ ।
पाँच दलीय गठबन्धनमा रहेका चार दल सरकारमा छन् । गठबन्धनमा रहेका काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सरकारमा रहेपनि राष्ट्रिय जनमोर्चा सरकार बाहिरै बसेर सहयोग गरिरहेको छ ।
स्रोतका अनुसार सरकार सञ्चालनमा सहयोग गर्न पाँच वटै दलका नेताहरु सम्मिलित संयन्त्र बनाउने विषयमा छलफल हुन सक्नेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई प्रभावकारी बनाउन संयन्त्र गठन गर्नुपर्ने बताउदै आएका छन् ।
यसमा समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहमत छन् । सोमबार बिहान सोही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष नेपालबीच छलफल समेत भएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण