पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्ने

पाँच दलीय सत्ता गठबन्धनको बैठक बोलाइएको छ । सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको नेकपा माओवादी केन्द्रका एक नेताले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुनेछ ।
पाँच दलीय गठबन्धनमा रहेका चार दल सरकारमा छन् । गठबन्धनमा रहेका काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सरकारमा रहेपनि राष्ट्रिय जनमोर्चा सरकार बाहिरै बसेर सहयोग गरिरहेको छ ।
स्रोतका अनुसार सरकार सञ्चालनमा सहयोग गर्न पाँच वटै दलका नेताहरु सम्मिलित संयन्त्र बनाउने विषयमा छलफल हुन सक्नेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई प्रभावकारी बनाउन संयन्त्र गठन गर्नुपर्ने बताउदै आएका छन् ।
यसमा समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहमत छन् । सोमबार बिहान सोही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष नेपालबीच छलफल समेत भएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुम्बईका कप्तान हार्दिक पाण्ड्या र गुजरातका प्रशिक्षक आशिष नेहरालाई जरिवाना
-
मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्नु हुँदैन : प्रधानमन्त्री
-
गभर्नर नियुक्तिको विषय संसद्मा प्रवेश
-
प्रदीप नेपालको ‘आत्मस्वीकृति’ : मलामी बोलाउने र खुवाउने काम नगरियोस् !
-
अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई पालिकाकाे सम्मान
-
गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनको माग गर्दै धर्ना