१६ ओटा विकास बैंकले प्रकाशित गरे त्रैमासिक वित्तीय विवरण, सबैभन्दा अब्बल मुक्तिनाथ विकास
१६ ओटा विकास बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार १६ ओटा कम्पनीमध्ये तीन ओटा कम्पनी घाटामा छन् भने बाँकी १३ ओटा कम्पनी नाफामा रहेका छन् । १६ ओटा कम्पनीमध्ये सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले नाफा कमाएको छ । कम्पनीले रू. ३४ करोड ५५ लाख ८७ हजार खुद नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १७ प्रतिशत वृद्धि भएको हो ।
कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. २९ करोड ४१ लाख नाफा कमाएको थियो । त्यसैगरी यस कम्पनीको वितरणयोग्य नाफा सबैभन्दा बढी रू. ९५ करोड ६३ लाख रहेको छ । एनएफआर एस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याए पछिको नाफानै वितरणयोग्य नाफा हो । त्यस्तै, यस कम्पनीको प्रतिशेयर आम्दानी रू. २८ दशमलव ७३ पुगेको छ ।
त्यसैगरी, दोस्रोमा महालक्ष्मी विकास बैंकले रू. २३ करोड ५ लाख नाफा कमाएको हो । प्रतिशतको आधारमा चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी कर्णाली डेभलपमेण्ट बैंकको नाफामा वृद्धि भएको छ ।
कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५५८ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ३४ लाख ४८ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू२ करोड २७ लाख पुगेको हो । चालू आवको पहिलो त्रैमासमा नारायणी डेभलपमेण्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेण्ट बैंक घाटामा गएका हुन् ।
यी तीन ओटा कम्पनीमध्ये सप्तकोशी डेभलपमेण्ट बैंकले चालू आवको पहिलो त्रैमासमा रू. ११ करोड १ लाख घाटामा रहेको हो । त्यसैगरी सिन्धु विकास बैंकले रू. ६६ लाख ६९ हजार र नारायणी डेभलपमेण्ट बैंकले रू. ९ लाख ११ हजार घाटामा रहेको हो ।
त्यसैगरी पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका १६ ओटा कम्पनीमध्ये कर्पोरेट डेभलपमेण्ट बैंक, नारायणी डेभलपमेण्ट बैंक र ग्रीन डेभलपमेण्ट बैंकले वितरणयोग्य नाफा उल्लेख गरेका छैनन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
-
जर्मनीको प्रशिक्षकत्व सम्हाल्न क्लोप सहमत, नागेल्समानको स्थान लिने
-
१० बजे १० समाचार : आत्मदाहको प्रयास गरेका राउतको निधन, होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली
-
विश्वकप क्वार्टरफाइनल : मेस्सीले फेरि देखाउलान् जादु ?
-
बझाङ जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, १३ जना घाइते
-
जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण