विश्वकप खेलेका दक्षिण अफ्रिकी मिडफिल्डर जेडेन एडम्सको २५ वर्षमै निधन
दक्षिण अफ्रिकाका अन्तर्राष्ट्रिय मिडफिल्डर जेडेन एडम्सको २५ वर्षको उमेरमा निधन भएको छ । दक्षिण अफ्रिकाको खेल मन्त्रालयले शनिबार उनको निधन भएको पुष्टि गरेको छ । तर उनको मृत्युको कारण भने खुलाइएको छैन ।
एडम्सले सन् २०२६ फिफा विश्वकपमा दक्षिण अफ्रिकाका लागि समूह चरणका तीनवटै खेल खेलेका थिए । उनले मेक्सिको र चेक गणतन्त्रविरुद्धको खेलमा सुरुआती रोजाइमा स्थान बनाएका थिए भने दक्षिण कोरियाविरुद्ध १–० को जितमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । उक्त जितसँगै दक्षिण अफ्रिकाले पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाएको थियो । नकआउट चरणमा भने टोली क्यानडासँग पराजित भएको थियो ।
चेक गणतन्त्रविरुद्धको खेलअघि एडम्सकी हजुरआमाको निधन भएको थियो । त्यसपछि उनी उक्त खेलको पहिलो हाफपछि परिवर्तन गरिएका थिए । एडम्स दक्षिण अफ्रिकाको प्रिटोरियास्थित ममेलोडी सन्डाउन्स क्लबबाट खेल्थे । उनले सन् २०२५/२६ सिजनमा क्लबलाई अफ्रिकी च्याम्पियन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
दक्षिण अफ्रिकी फुटबल खेलाडी संघले एडम्सको निधनप्रति दुःख व्यक्त गर्दै उनी प्रतिभाशाली खेलाडी, फुटबलप्रति समर्पित व्यक्ति तथा अझ धेरै योगदान दिन सक्ने युवा रहेको जनाएको छ ।
दक्षिण अफ्रिकाका खेलमन्त्री गेटन म्याकेन्जीले पनि शोक व्यक्त गर्दै एडम्सले एक आशालाग्दो एकेडेमी खेलाडीबाट राष्ट्रिय टोली ‘बाफाना बाफाना’ का महत्वपूर्ण सदस्यसम्मको यात्रा तय गरेको उल्लेख गरेका छन् ।फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले इन्स्टाग्राममार्फत श्रद्धाञ्जलि व्यक्त गर्दै एडम्सका परिवार, साथीभाइ र टोलीप्रति समवेदना प्रकट गरेका छन् ।
एडम्सले स्टेलेनबोस एफसीको युवा प्रणालीबाट फुटबल करिअर सुरु गरेका थिए । उनी जनवरी २०२५ मा ममेलोडी सन्डाउन्समा आबद्ध भएका थिए ।
उनले सन् २०२२ मा मोजाम्बिकविरुद्धको खेलबाट दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीका लागि १३ खेल खेल्दै दुई गोल गरेका थिए, दुवै गोल सन् २०२६ विश्वकप छनोट प्रतियोगितामा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण