तरकारीको मूल्य आकासियो : विचौलियालाई फाइदै-फाइदा, किसान मारमा
प्रमुख चाडपर्व सम्पन्न भएका छन्। यस वर्ष असोज र कात्तिकमा प्रमुख चाड दसैँ,तिहार र छठलाई सर्वसाधारणले उत्साहपूर्वक मनाएका छन्। कोरोना विषाणुको असरका कारण गत वर्ष अहिलेजस्तो उत्साहले चाड मनाउने सुविधा सर्वसाधारणलाई भएन। चाडपर्वपछि जीवन फेरि व्यस्तता र वर्षभरिका कठिनाइ तिर फर्कन्छ।
यस पटक चाडपर्व सकिएलगत्तै सर्वसाधारणले अचानक भान्छा महँगिएको चाल पाएका छन्। सामान्यतः चाडपर्वका बेला राजधानी उपत्यकाका सर्वसाधारण आफ्ना गृह जिल्ला जान्छन्।यस्तो बेलामा अचानक महँगी बढ्नु स्वाभाविक होइन। जहाँ आपूर्ति धेरै गर्नु पर्दैन भने मूल्य बढ्नुपर्ने अवस्था पनि रहँदैन। तरकारी बजारलाई व्यवस्थित गर्न नसकेका कारण यस्तो भएको हो। मूल्य वृद्धि हुँदा पनि एकैचोटि दोब्बरसम्म हुनु आफैंँमा अस्वाभाविक हो।
खासगरी तरकारी उत्पादक किसान र उपभोक्ता सर्वसाधारणले प्रत्यक्ष फाइदा उठाउन नपाउने स्थिति हामीकहाँ छ। विचौलियाहरूको र जगजका कारण उत्पादक र उपभोक्ताले फाइदा लिन नसकेका हुन्।
त्यसै कारण मूल्य बढे पनि किसानले फाइदा उठाउन सक्दैनन्। मूल्य घटे पनि उपभोक्तासम्म त्यो लाभ आइपुग्दैन। बजारलाई प्रभाव पारेका कारण यस्तो अवस्था आएको हो। बजारको लगाम यथार्थमा उपभोक्ताका हातमा हुनुपर्छ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
-
विमानस्थलको आन्तरिक टर्मिनलमै कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईंले
-
राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण