आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

ओमानमा पनि ड्रोन आक्रमण

आइतबार, २८ असार २०८३, १४ : २३
आइतबार, २८ असार २०८३

सारांश

  • अमेरिका र इरानबीच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ ।
  • ओमान समाचार एजेन्सीले सुरक्षा स्रोतलाई उद्धृत गर्दै मुसन्दम गभर्नरेटका केही स्थानमा ड्रोन आक्रमण भएको जनाएको छ ।
  • ती ड्रोन कहाँबाट प्रहार गरिएका थिए भन्नेबारे भने जानकारी दिइएको छैन ।

मस्कट । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ । ओमान समाचार एजेन्सीले सुरक्षा स्रोतलाई उद्धृत गर्दै मुसन्दम गभर्नरेटका केही स्थानमा ड्रोन आक्रमण भएको जनाएको छ । 

ती ड्रोन कहाँबाट प्रहार गरिएका थिए भन्नेबारे भने जानकारी दिइएको छैन । मुसन्दम गभर्नरेट स्टेट अफ होर्मुजसँग जोडिएको रणनीतिक क्षेत्र हो । यसअघि इरानी सरकारी सञ्चारमाध्यमले अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणको प्रतिशोधस्वरूप ओमान र जोर्डनका केही सैन्य लक्ष्यमा इरानी सेनाले आक्रमण गरेको दाबी गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप