पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा बुटवलमा चक्काजाम (तस्बिरहरु)
बिहीबार, २५ कात्तिक २०७८, ११ : २७
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रूपन्देहीले बिहीबार बुटवलमा चक्काजाम गरेको छ । सो क्रममा विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ताको माग गरेका छन् । अनेरास्ववियू रूपन्देहीका सचिव प्रकाश पराजुलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तुरुन्त फिर्ता लिन माग सरकारलाई माग गरे ।
बुधबार रातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा मूल्यवृद्धि गरेको थियो । निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ। मूल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ पुगेको छ। त्यस्तै मट्टीतेल र डिजेलको मुल्य १ सय १९ रुपैयाँ प्रतिलिटर पुगेको छ। विद्यार्थीहरुले मूल्य वृद्धि फिर्ता नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी र यामालको त्यो अविश्वसनीय पहिलो भेटको कथा
-
साउन सुरु भएसँगै इन्द्रचोकको पोते बजारमा चहलपहल, तस्बिरहरू
-
अमेरिकाद्वारा इरानको चाबहार समुद्री नियन्त्रण टावरमा तेस्रोपटक आक्रमण
-
३ प्रतिशत ‘शिक्षा समता शुल्क’ तत्काल खारेज गर्न क्रान्तिकारीको माग
-
कोशी नदीमा जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
-
दरौँदी नदीमा मलामी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण