बुटवलको सडक विस्तारमा ढिलाइ भएको भन्दै एमालेले गरायो ध्यानाकर्षण
बुटवलको सडक विस्तारमा ढिलाइ भएको भन्दै एमालेले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले बुटवलको बीच भागमा रहेको पूर्व–पश्चिम राजमार्ग र उत्तर दक्षिण सिद्धार्थ राजमार्गको संगमस्थलको ?पमा परिचित राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकखण्ड विस्तारको काम तत्काल गर्न ध्यानाकर्षण गराएको हो ।
सडक डिभिजन कार्यालय बुटवलका प्रमुख समक्ष बिहीबार ज्ञापन पत्र बुझाउँदै एमालेले जवाफदेही निकाय र निर्माण कम्पनीलाई तत्काल काम सु? गर्न आग्रह गरेको छ । एमालेका उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीको नेतृत्वमा पुगेको टोलीले सडक विभागको डिभिजन कार्यालयलाई यसबारे ध्यानाकर्षण गराएको हो ।
गोलपार्कदेखि बेलहिया नाकासम्मको व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत बाँकी खण्डको काम सम्पन्न भए पनि राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकखण्ड विस्तार वर्षौंसम्म पूरा नहुँदा यस क्षेत्रको व्यापार, व्यवसाय र पर्यटन प्रवर्द्धनमा ठूलो अवरोध सिर्जना भएको एमाले बुटवलको ठहर छ ।
४–५ वर्षसम्म सडक क्षेत्राधिकार भित्रका संरचनाह? हटाउने लडाइँमा र सडक क्षेत्राधिकार कायम गरिसकेपछि फेरि यो वा त्यो बहानामा निर्माण कार्यमा ढिलाइ गरिएको स्थानीयको गुनासो छ । बुटवलको मुख्य चोकमै सडक विस्तारमा ठेकेदार र त्यसको नियमन गर्ने निकायदेखि प्रदेश तथा संघीय सरकारका निकायले चासो नदिएको बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश
-
विष्णु पौडेलको बयान, ‘भट्ट र श्रीराम टोबाको उद्योगबिचको सम्बन्धमा म संलग्न छैन’
-
साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो
-
बाल्यकालमा आफूमाथि यौन दुर्व्यवहार भएको सोहेल खानको खुलासा
-
यी हुन् बागमती प्रदेशका ८ विभागीय मन्त्री
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण