एमाले महाधिवेशन : मकवानपुरबाट छानिए १७ जना प्रतिनिधि (नामावलीसहित)
नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट महाधिवेशन प्रतिनिधि चयन गरिएको छ । एमाले मकवानपुरले बिहीबार सर्वसम्मत रुपमा १७ जना महाधिवेशन प्रतिनिधि छनौट गरेको हो । ९ हजार २६८ जना संगठित सदस्य रहेको एमाले मकवानपुरले चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि एक दलितसहित १७ जना प्रतिनिधि सर्वसम्मत रुपमा छनौट गरेको एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालले बताए ।
महाधिवेशन प्रतिनिधि छनौटका लागि कात्तिक २७ गते निर्वाचन कार्यक्रम तय गरिएको थियो । १७ प्रतिनिधिका लागि ७३ जनाले उम्मेदवारी दिएका भए पनि आन्तरिक छलफलबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छनौट गरिएको उनले बताए । जिल्लाको ३ वटा निर्वाचन क्षेत्रबाट १७ जनालाई महाधिवेशन प्रतिनिधि छनौट गरिएको एमाले मकवानपुरले पठाउने भएको हो ।
मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल, राष्ट्रियसभा सदस्य रामचन्द्र राई, मकवानपुर जिल्ला अध्यक्ष बद्री प्रसाद लम्साल, कमल विष्ट, तत्कालीन माओवादी केन्द्रका नेता एवम् संविधानसभा सदस्य वीरबहादुर घिसिङ ‘फुर्वा’, फुर्वा दोर्जे लामा, बागमती प्रदेशसभा सदस्य जुनेली माया श्रेष्ठ, सीता विष्ट महाधिवेशन प्रतिनिधि बनेका छन् ।
त्यस्तै मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट पूर्व सांसद् सुवासचन्द्र ठकुरी, एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठ, लालबहादुर थापा, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, महेश बर्तौला, बिष्णुप्रसाद ढकाल, वरिना बल, सुमित्रा काफ्ले र दलित क्षेत्रबाट नारायण गजमेर महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत छानिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण