दुई सन्तानका पिता असान्जलाई जेलभित्रै बिहे गर्न अनुमति
विकिलिक्सका संस्थापक जुलियन असान्जलाई जेलभित्रै विवाह गर्ने अनुमति मिलेको छ । जेलजीवन बिताइरहेका असान्जले आफ्नी पार्टनर स्टेल्ला मोरिससँग विवाह गर्न चाहेको भन्दै जेल प्रशासनमा निवेदन दिएका थिए ।
अविवाहित अवस्थामै यो जोडी दुई छोराका अभिभावक बनिसकेका छन् । असान्जले लण्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएका बेला उनीहरुबीच सम्बन्ध बनेको थियो । दूतावासले शरण दिन अस्वीकार गरेपछि असान्जलाई प्रहरीले पक्राउ गरेको थियो । उनी अहिले लण्डनस्थित बेलमार्स जेलमा छन् ।
जेलका गर्भनरले असान्जको निवेदनलाई स्वभाविक रुपमा लिएको जेल प्रशासनले जनाएको छ । मोरिसले पनि यस निर्णयबाट आफुलाई न्याय मिलेको बताएकी थिइन् । ‘मलाई आशा छ, हाम्रो विवाहमा थप हस्तक्षेप हुनेछैन,’ उनले भनिन् । गत वर्ष एक अन्तर्वार्ताका क्रममा मोरिसले असान्जसँग आफु २०१५ देखि सम्बन्धमा रहेको र उनका दुई छोरा हुर्काइरहेको बताएकी थिइन् । दक्षिण अफ्रिकामा जन्मिएकी मोरिस पेशाले वकिल हुन् ।
विकिलिक्सको युट्युब एकाउन्टमा पोस्ट गरिएको भिडियोमा उनले असान्जसँग सन् २०११ मा पहिलोपटक भेट भएको बताएकी थिइन् । त्यसयता, उनी असान्जको पक्षमा कानूनी रुपमा लडेकी थिइन् । दैनिक रुपमा इक्वेडरको दूतावासमा गएर असान्जलाई भेट्ने गरेको र त्यहीक्रममा २०१५ देखि प्रेम सम्बन्ध बनेको उनले बताएकी थिइन् ।
२०१७ मा असान्जसँग इन्गेजमेन्ट गरेको खुलासा पनि उनले गरेकी थिइन् । मोरिसका अनुसार असान्जले आफ्ना दुबै छोराहरुलाई भिडियोमार्फत हेरेका थिए र त्यसको केही समयपछि उनीहरुलाई लिएर मोरिस पनि दूतावास गएकी थिइन् ।
५० वर्षीय असान्जमाथि अमेरिकाले जासूसीको आरोप लगाएको छ । र, असान्जको सुपुदर्गी गर्न बेलायतसँग माग गरिरहेको छ । त्यसैगरी स्वीडेनमा पनि उनीमाथि यौन दूराचारको मुद्दा चलिरहेको छ । र, स्वीडेनले पनि सुपुदर्गी गर्न माग गरेको छ । तर, असान्जले यी आरोप अस्विकार गरेका छन् ।
यस विषयमा असान्जले अहिले पनि कानूनी लडाँइ लडिरहेका छन् । आफ्ना राष्ट्रिय महत्वका सुचनाहरु असान्जले खुलासा गरेको अमेरिकाको आरोप छ । उनले विकिलिक्स प्रकाशनमार्फत अफगानिस्तान र ईराक युद्धसँग जोडिएका हजारौं दस्तावेजहरु लिक गरेका थिए । अप्रिल २०१० मा अमेरिकी सैनिकले इराकमा हेलिकोप्टरमार्फत सर्वसाधारणको हत्या गरिरहेको फूटेज पनि यसमा समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण