शम्भु थापाको प्रश्न : दलहरूलाई भ्रष्ट प्रधानन्यायाधीश चाहिएको कि स्वच्छ ?
वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाल बार र सर्वोच्च बारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको बर्खास्त गरिसकेको भन्दै सेना र प्रहरीको बलमा सर्वोच्च छिरे पनि उनले केही गर्न नसक्ने बताएका छन् ।
शुक्रबार सर्वोच्च अदालत परिसरमा नेपाल बारको आयोजनामा भएको विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाल बारका पूर्व अध्यक्ष समेत रहका थापाले प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दलहरु मौन बसेकोमा समेत आपत्ति जनाए ।
‘दलहरु बोल्नुहुन्छ कि हुन्न ? तपाईंहरुलाई भ्रष्ट प्रधानन्यायाधीश चाहिएको छ कि स्वच्छ ?’, थापाले दलहरूलाई प्रश्न गरे । उनले नेपाली जनताले भ्रष्ट प्रधानन्यायाधीश नखोजेको भन्दै स्वच्छ प्रधानन्यायाधीश नभए न्यायको मूल्य मर्ने बताए ।
उनले राजनीतिक दल र सरकारलाई यस्तो प्रधानन्यायाधीशलाई अब सरकारले सुरक्षा दिएर नराख्ने घोषणा गर्न समेत सुझाव दिए । कार्यक्रममा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार साढे नौ बजे पुन अदालतमा धर्ना बस्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण