काठमाडौंबाट २२ जना जुवाडे पक्राउ
शुक्रबार, २६ कात्तिक २०७८, १३ : २६
काठमाडौंको चौमती र दक्षिणकालीबाट प्रहरीले २२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१५ चौमतीस्थित सञ्जीव देउलाको घरमा तास खेलिरहेका ८ जनालाई बिहीबार साँझ पक्राउ गरिएको काठमाडौं परिसरका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । यसैगरी, दक्षिणकाली नगरपालिका–९ हुडुस्थित निरज महर्जनको खाजा पसलबाट ४५ वर्षीय राजेन्द्र श्रेष्ठ सहित १४ जनालाई पक्राउ गरिएको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले चौमतीको जुवा खालबाट ४७ हजार नगद र ३ बुक तास बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग फर्पिङबाट खटिएको टोलीले दक्षिणकालीबाट ८६ हजार ७ सय ४० रुपैयाँ नगद र ६ बुक तास बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण