शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौंबाट २२ जना जुवाडे पक्राउ

शुक्रबार, २६ कात्तिक २०७८, १३ : २६
शुक्रबार, २६ कात्तिक २०७८

काठमाडौंको चौमती र दक्षिणकालीबाट प्रहरीले २२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१५ चौमतीस्थित सञ्जीव देउलाको घरमा तास खेलिरहेका ८ जनालाई बिहीबार साँझ पक्राउ गरिएको काठमाडौं परिसरका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । यसैगरी, दक्षिणकाली नगरपालिका–९ हुडुस्थित निरज महर्जनको खाजा पसलबाट ४५ वर्षीय राजेन्द्र श्रेष्ठ सहित १४ जनालाई पक्राउ गरिएको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले चौमतीको जुवा खालबाट ४७ हजार नगद र ३ बुक तास बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग फर्पिङबाट खटिएको टोलीले दक्षिणकालीबाट ८६ हजार ७ सय ४० रुपैयाँ नगद र ६ बुक तास बरामद गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप