सुनिलको ‘हाम्रो सम्बन्ध’ मा करण र हिलारी
शुक्रबार, २६ कात्तिक २०७८, २१ : ०१
लोक पप गायक सुनिल गिरीको नयाँ गीत ‘हाम्रो सम्बन्ध’ को भिडियो सार्वजनिक भएको छ । गायक गिरीकै संगीत रहेको गीतमा हिमांशु रायमाझी ‘गोधुली’ को शब्द रहेको छ । गीतको एरेन्ज रोमन बज्राचार्यले गरेका हुन् ।
अष्ट्रेलियाको ब्रिसबेन, गोलकोस्ट लगायतका रमणीय स्थानमा छायाङ्कन भएको गीतको भिडियोमा करण गुरुङ र हिलारी रावलको अभिनय छ ।
करण र हिलारीलाई भिडियो अभिनयमा बिक्रम भण्डारी, स्माइली श्रेष्ठ, किशोरी विष्टले साथ दिएका छन् । संगीत प्रेमी एक गितारिष्टको प्रेम कथा भिडियोमा बुनिएको छ । भिडियोको निर्देशन सुदीप विष्टले गरेका हुन् ।
निर्देशक विष्टकै छायांकन, सम्पादन रहेको भिडियोमा किरण मगरको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह
-
बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
-
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
-
अगाडि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा
-
पहिलो राजनीतिक दल कसरी भयो एमालेमा विलय ?
-
देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण